सरकारको चालु खाता घाटामा, शोधनान्तर स्थिति ४५ अर्ब बचत (पूर्णपाठसहित)

काठमाडौं, पुस २९ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ ।

बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट आज (शुक्रबार० सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।

यस्तै आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।

राष्ट्र बैंकले विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले बढेको जनाउँदै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.२ प्रतिशतले बढ्नुका साथै निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेकोछ । यसैगरी वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्