कांग्रेस नेता खड्काको पशुपति आर्यघाटमा आज अन्तिम दाहसंस्कार हुने

काठमाडाैँ ।  कांग्रेस नेता खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । मिर्गौला, छाती र नसाको समस्याले शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको शवलाई शनिबार राति काठमाडौं ल्याइएको थियो ।

भारतबाट ल्याइएको शव सानेपास्थित खड्काको घरमा राखेपछि आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ ।

त्यसपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार हुनेछ । बेलायतमा उच्च शिक्षा अध्ययनरत खड्काका छोरा अनुराग आइतबार बिहान काठमाडौं फर्किएपछि दाहसंस्कार गर्ने तयारी गरिएको हो ।

खड्काको शवलाई गए राति अबेर काठमाडौं ल्याइएको हो । भारतबाट ल्याइएको शव सानेपास्थित खड्काको घरमा राखेपछि आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ ।

त्यसपछि पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्