८ स्थानीय तहले अझै बजेट पारित नगरेकाे भन्दै सरकारकाे ताकेता
काठमाडौं, पुस ५ । चालू आर्थिक वर्षको ५ महिना बितिसक्दा पनि ८ स्थानीय तहले बजेट पारित नगरेको भन्दै सरकारले ताकेता गरेको छ ।
संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले ति स्थानीय तहले बजेट पारित गर्न नसकेको भन्दै ताकेता गरेको हो ।
आर्थिक वर्षको ५ महिनासम्म सो स्थानीय तहले बजेट पारित नगर्दा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र सुशासन लगायतका कार्य प्रभावित भएको छ । बजेट पारित नगर्नेमा मधेश प्रदेश अन्तर्गत सिरहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका रहेका छन् ।
त्यस्तै, धनुषाका नगराइना नगरपालिका र कमला नगरपालिका रहेका छन् । सर्लाहीका विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका रहेका छन् ।
रौतहटको यमुना गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिकाले पनि बजेट पारित गरेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँ-नगर सभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नु पर्ने व्यवस्था रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्