कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार साँझ उपचारको क्रममा खड्काको निधन भएको कांग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै जनाउनुभएको छ ।
मिर्गौला, छाती र नसाको समस्याबाट पीडित भएपछि खड्कालाई उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको थियो । उहाँलाई चैत ९ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्