सरकार विस्तारपछि माओवादीमा तरंक, आकस्मिक बैठक प्रचण्ड निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले राप्रपालाई सरकारमा सामेल गरेपछि माओवादी केन्द्रका नेताहरु तरंकित भएको छन् । यसै सरकार विस्तारको एजेण्डालाई लिएर माओवादी केन्द्रका नेताहरु पार्टी अध्यक्ष प्रचण्ड निवासमा पुगेर छलफलमा जुटेका छन् । छलफलमा गृहमन्त्री जनार्दन शर्मा लगायतका नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ सरकार विस्तारसम्बन्धी पत्र राष्ट्रपतिलाई बुझाई सकेका छन् । सरकारमा कमल थापालाई उपप्रधानमन्त्री बनाइएको छ भने राप्रपाबाट ४ मन्त्री र ४ राज्यमन्त्री थपिएको छ । उनीहरुलाई शनिबार नै सपथ खुवाउने तयारीछ ।

प्रधानमन्त्री कार्यालयका स्रोत अनुसार माओवादी मन्त्रीहरुले राजीनामा दिनेमा प्रधानमन्त्री देउवा विश्वस्त देखिएको र ‘माओवादी मन्त्रीहरुले शनिबार वा आईतबारसम्म राजीनामा स्रोतको बुझाईछ ।

उता माओवादी नेताहरु भने यसबारे प्रधानमन्त्रीसँग कुनै कुराकानी र सहमति नभएको बताउँछन् । माओवादी केन्द्रका एक नेताले भने, ंप्रधानमन्त्रीले आफ्नै ढंगले यो कदम चाल्नुभएको हो, हामी यसबारे लाजिम्पाटमा आन्तरिक छलफल गरेका छौं, भोलि पार्टीको धारणा सार्वजनिक हुन्छ ।’

माओवादीले शनिबार पार्टीको बैठक बोलाइएको छ र बैठकले नै आवश्यक निर्णय गर्नेछ एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्