अहिलेको अबस्थामा पनि सेयर बजार घट्नु भनेको देशका लागि अशुभ संकेत : नेपाली काग्रेस

काठमाडौ । बिहीबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शेयर बजारको अहिलेको अवस्थाको वारेमा निकै चर्चा भएको छ । त्यसमा पनि कोही केन्द्रिय सदस्यहरुले अहिलेको अबस्थामा पनि सेयर बजार घटिरहनु भनेको देशका लागि अशुभ संकेत भएको टिप्पणी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

तीन वटै चरण (स्थानीय, प्रदेश तथा प्रतिनिधीसभा) को निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनपछि पनि सेयर बजार अवस्था झन् भन् ओरालो लाग्नुले सरकारको विकास तथा सम्वृद्धिको लक्ष्यलाई पूँजी बजारले बिश्वास नगरेको प्रतिकृया दिएको छ ।

सांसद राधेश्याम अधिकारीले पहिला पनि राष्ट्रिय सभामा बोल्दै सेयर बजारमा आएको गिरावटका वारेमा सरकारको धारणा खोजेका थिए । उनले अर्थमन्त्रीले सेयर वजार अनुत्पादक क्षेत्र भनेको भन्दै यस सम्बन्धमा प्रष्ट धारणा माग गरेका थिए । उनले सेयर बजार आवश्यक नभएको भए यसलाई वन्द गर्न सरकारलाई सुझाव पनि दिएका थिए ।

गत फागुन ३ गते निरन्तर ओरालो लागेको बजार २ दिन भयो उकालो लाग्न थालेको छ। जतिवेला देखी नयाँ प्रधानमन्त्री केपी सर्मा वली हुनुभयो त्यतिवेलादेखि वजार निरन्तर घटिरहेको छ । सरकारले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पछि लगानीकर्तामा सकरात्मक कुरा भए पछि अहिले वजारमा केहि सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्