जुट्न नपाउँदै फुट्न थाल्यो बाम गठबन्धन, नयाँ शक्ति बाहिरियो

काठमाडौं । बाम गठवन्धन जुट्न नपाउँदै फुट्न थालेकोछ । बाम गठवन्धनमा केहि दिन एता मात्र जुटेको नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । बाम गठवन्धनमा टिकटको तालमेल नमिलेपछि उसले आफ्नै चुनाव चिहृन आँखा लिएर निर्वाचन लड्ने निर्णय गरेको छ ।

एमाले र माओवादीबीच भएको चुनावी तालमेलसँगै एकतामा नयाँ शक्ति पनि समाहित भएको थियो । साथै नयाँ शक्तिले एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति जनाएको थियो । तर, सिट बाँडफाँटमा सहमति हुन सकेन ।

 

नयाँ शक्तिले १५ प्रतिशत मागेको र नयाँ शक्तिका संयोजक डा। भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ नै छोड्न तयार नभएपछि यस्तो परिस्थिति आएको स्रोतले बताएकोछ । ।

गोरखा २ बाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनाव लड्ने तयारीमा भएसंगै रष्ट बनेका भट्टराईले आफूविरुद्ध षड्यन्त्र भएको जनाउकोछ ।

आज नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले आँखा चिहृन लिएर चुनाव लड्ने निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनमा आवद्ध एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको हुनाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति पार्टी, नेपाल आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुनेछ ।’

यसै विज्ञप्ति मार्फत वाम गठवन्धनबाट नयाँ शक्ति बाहिरीएको घेषणा गरेकोछ । पार्टीले उम्मेदवारहरू समेत घोषणा गरेको छ । बैठकले संयोजक डा। बाबुराम भट्टराई गोरखा २ बाट चुनाव लड्ने निर्णय गरेको छ ।

यस्तै कैलाली ३ मा कृष्णकुमार चौधरी र कपिलबस्तु १ मा दानबहादुर चौधरी, रसुवामा प्रेम तामाङ र खोटाङमा मदन राईलाई उम्मेदार घोषणा गरेको छ ।

नयाँ शक्तिले संविधानको आधारभूत अन्तरबस्तु (गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीता०लाई अस्वीकार गर्ने राजनीतिक पार्टी र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्