काँग्रेस केन्द्रीय कार्यसमित बैठक आज पनि
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दैछ । गत शुक्रबारदेखि चलेको केन्द्रीय समिति बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्नेक्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
पार्टी कार्यालय सानेपामा अहिले केहीबेरमा सुरुहुने बैठकमा पार्टीले निर्वाचनमा अपेक्षाकृत नतिजा नल्याउनुका कारणबारे छलफल भइरहेको छ ।
केन्द्रीय समिति बैठकमा अहिलेसम्म बोलेका नेताहरुले निर्वाचन पराजय शीर्ष नेतृत्वले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सभापति शेरवहादुर देउवाको नेतृत्वमाथि नेताहरुले आरोप लगाएका छन् भने सभापति निकट मानिने नेताहरुले लोकप्रिय मतको आधारमा कांग्रेस अगाडीनै रहेकोले पार्टी पराजीत भन्न नहुने बताएका छन् ।
नेताहरुको बोल्ने क्रम सकिएसंगै पार्टी पदाधिकारीहरुले जवाफ दिने कार्यक्रम रहेको केन्द्रिय सदस्य अर्मत अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्