रेडियो सञ्जिवनिले तेस्र्र्रो स्थापना दिवस मनाउदै

तुलसीपुर । रेडियो सञ्जिवनि एफ एम ९१ मेगाहर्जले तेस्रो स्थापना दिवस भोलि मनाउने भएको छ ।
रेडियो स्थापना भएको दुई वर्ष पुरा भै तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चियापान तथा पुरस्कार बितरण कार्यक्रम गरि स्थापना दिवस मनाउन लागिएको रेडियोका स्टेशन म्यानेजर शरद रेग्मीले जानकारि दिनुभयो ।
७२ चैत्र १३ गते देखि आफ्नो नियमित प्रसारण सेवा शुरु गरेको रेडियो भोलि देखि तेस्रो वर्षमा प्रवेश गर्दै छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुवेदिको प्रमुख आतित्थ्यतामा हुने कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई आमण्त्रण गरिएको रेग्मीले बताउनु भयो । दाङ जिल्ला सहित छिमेकि जिल्लाहरुलाई कार्यक्षेत्र बनाएर स्थापना भएको रेडियो तुलसीपुर ५ बिपि चौक बाट प्रशारण भै रहेको छ ।

भोलि हुने स्थापना दिवसको अवसरमा रेडियोमा उत्कृष्ट कार्यक्रम संचालन गर्ने पत्रकार तथा रेडियोलाई नियमित रुपमा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई सम्मान गर्ने कर्यक्रम रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्