अर्थ मन्त्रीको गैर अभिव्यक्तीले सेयर बजार ओरालो : लगानीकर्ता
काठमाडौं । सोमबार शेयर बजार एकै दिन ४ प्रतिशत र झण्डै ५२ अंक अंकले घटेको छ । केपी शर्मा ओली सरकारमा आएपछि नेप्सेमा पहिलो पटक सर्किट ब्रेक नै लगाउनु परेको थियो ।
सोमबार पहिलो सर्किट ब्रेकको कारण १५ मिनेट बन्द भएको बजार घट्ने क्रम जारी रहेपछि चार प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । नेप्से परिसूचक २०७२ पुस २२ यताकै न्युन विन्दुमा आइपुगेको हो । नेप्से दुई वर्षपछि १२ सय बिन्दु मुनि आइपुगेको हो ।
शेयर बजार लगातार ओरालो लागे पछि सेयर लगानीकर्ताहरु आन्दोलनमा जाने भएका छन् । साथै उनीहरु अर्थ मन्त्री विरुद्ध खनिएका छन् ।
फोरमले आझै पत्रकार सम्मेलन गरि सरकारसंघ आधिकारीक धारणा सहित विभिन्न मागहरु तेर्साई आन्दोलनमा उत्रने चेतावनी दिने निर्णय गरेको छ ।
लगानी कर्ताहरुले सेयर बजार लगातार ओरालो लाग्दा पनि अर्थ मन्त्री तथा सरकारलेले गैर जिम्मेवार अभिव्यक्ति दिएको बताएको छ । सरकार गम्भिर अर्थमन्त्री जस्तो गम्भिर संवेदनशिल व्यक्तिले सेयर बजार आफै बढ्छ, आफै घट्छ भन्नाले सेयर बजारमा यस्तो समस्या आएको कुरा औल्यांदै आन्दोलन मा जाने चेतावनी दिएको छ ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने,‘ हाम्रो बजार निर्जीव छ, सरकारका माक उसलाई गति दिने हो ।’
सेयर बजार निर्जीव भएकोले यसलाई गति दिने काम या त बाढि जस्ता विपत्तीले दिने या त सरकारले संयन्त्रहरु बनाएर इन्जिनको काम गराउनु पर्ने फोरमको धारणा छ । लगानीकर्ताहरु उठ्न नसक्ने गरि थला परेमा बजार बौरिन निकै समय लाग्ने भएकोले लगानीकर्ताको मनोविज्ञानमा ठेस लगाउन नहुने लगानी कर्तारुले सरकारलाई आग्रह गर्दै आएको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले विराटनगरमा सम्बोधनको क्रममा सेयर बजारलाई सरकारले नचलाउने आफै गतिमा बहन दिने बताएका समाचार घटिरह्का् बजारलाई अझअसर पारेको लगानी कर्ताको आरोप छ ।
हाल बजारमा सेयरको आपुर्ति उच्च रहेको, बैंकहरुसँग कर्जा योग्य पुँजी अभाव रहेको, ब्याजदर बढेको कारण बजार घट्दो क्रममा रहेको छ । बैंकहरुको चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुगेकोले आगामी दिनमा के कस्तो प्रतिफल प्राप्त हुने हो भन्ने अन्योलमा लगानीकर्ता रहेका छन् । आधारभुत पक्ष नकारात्मक भइरहँदा बेलाबेलामा सरकार तथा अन्य पक्षबाट सार्वजनिक हुने गरेका धारणहरुले पनि बजार घट्न थप मदत पुगेको छ ।
सेयर बजार उकास्न अनलाइनबाट सेयर कारोबार गर्न सक्ने व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुले पनि कर्जा दिने सुविधा हुनुपर्ने, बैंकहरुलाई पनि ब्रोकरको अनुमति दिनुपर्ने, बजारमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थागत लगानीकर्ता ल्याउनु माग गरेको छ ।
त्यस्तै, बजार उच्च दरमा घटेकोले बैंकले सेयर कर्जा दिंदा जोखमको रुपमा राख्नु पर्ने प्रावधान घटाउनु पर्ने, सेयर धितोमा दिने कर्जा सीमा ९लो टु भ्यालु रेसियो० बढाउनु पर्ने लगायतको माग अघि सारेका छन् ।















प्रतिक्रिया दिनुहोस्