मधेसी दललाई आकांक्षी मिलाउन हम्मे, सत्तारोहण अनिश्चित

काठमाडौं । सरकारमा पठाउने व्यक्तीको टुङगो लगाउन नसक्दा मधेशी दलका आन्तरिक किचलो सुरुभएको छ । सरकारलाई समर्थन गरेको संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीमा सरकारमा जानेको आकाक्षी व्यवस्थापन गर्न नसक्दा सकस परेको हो ।

सरकारले दुई मन्त्रालय मधेशीदलका लागि छुट्याएको भएपनि आकाक्षीको संख्या धेरै भएपछि अहिले दिनहुँ मधेशीदलका नेताहरु आन्तरिक छलफलमा छन् । यता संघीय संसदमा प्रतिनिधित्व गर्ने सवै दलले संसदीय दलको नेता चयन गरिसक्दा राजपाले अहिलेसम्म पनि चयन गर्न सकेको छैन । मधेसवादी दलहरुभने आकाक्षी व्यवस्थापन समस्या भएको स्विकार्न गर्न तयार देखिदैनन ।

उनिहरुले सरकारमा सहभागी हुने नहुने भन्ने विषयलाई संविधान संसोधनको विषयले तय गर्ने नेताहरुको भनाई छ । संविधान संसोधनको विषयमा प्रधानमन्त्रीको दल सरकारात्मक नदेखिएकोले सरकारमा सहभागीताको विषय अन्यौल भएको राजपाका नेता मनिष सुमनले बताए  ।

प्रतिक्रिया दिनुहोस्