मुटुमा डोटीको विकास बोकेको छु : कांग्रेस नेता आनन्द विष्ट (अन्तर्वार्ता)

काठमाडौ., असोज ११ ।  कांग्रेस डोटीको राजनीतिमा आनन्द विष्ट प्रभावशाली मानिन्छन्। कांग्रेसका पूर्व केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत हुन्। उनको नेपालमा मात्रै नभएर अमेरिकालगायत विदेशी मुलुकसँग पनि राम्रो सम्बन्ध छ। विद्यार्थी राजनीतिबाटै कांग्रेसमा आबद्ध रहेका विष्टले २०६२/०६३ सालको जनआन्दोलनमा अमेरिकामा रहेर संयुक्त राष्ट्रसंघ, अमेरिकी राष्ट्रपति कार्यालय लगायतमा पुगेर नेपालमा जारी जनआन्दोलनलाई सफल पार्न अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराएका थिए। ११औं महाधिवेशनदेखि विष्ट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका छन्।

डोटीमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा थालेका विष्ट २५ वर्षदेखि विदेशमा रहेर पनि नेपालको राजनीतिक गतिविधिमा उत्तिकै सक्रिय छन्। उनले कांग्रेसमा २०६२/०६३ सालदेखि अन्तर्राष्ट्रिय मामिला हेर्ने जिम्मेवारी पाएका थिए। २०६४ सालमै तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले विष्टलाई डोटी क्षेत्र नम्बर २ बाट पनि चुनाव लड्न आग्रह गरे पनि उक्त क्षेत्रमा पुराना नेता शिद्धराज ओझा आकांक्षी भएपछि उनको सम्मानका लागि निर्वाचन लडेका थिएनन्। यतिबेला भने उनले डोटीबाट प्रतिनिधि सभाका लागि चुनाव लड्न खोजेका छन्। उनको उम्मेदवारी किन? प्रस्तुत छ यही विषयमा केन्द्रित रहेर गरेको संवाद :

डोटीमा कांग्रेस बलियो हुँदा पनि गठबन्धनका कारण टिकट पाउँदैन कि भन्ने आशंका छ, कांग्रेसको पछिल्लो अवस्था के हो?

गठबन्धनकै कारण कांग्रेसले टिकट पाउँदैन कि भन्ने हल्लालाई नकार्न मिल्ने अवस्था छैन। कुनै पनि पार्टीले चुनावमा जाँदा मैले जनताको अभिमत पाउँछु कि पाउँदैन भन्ने कुरालाई ध्यान दिनुपर्थ्यो। तर, डोटीको हकमा म्याथम्याटिकल्ली त्यो नगरेको पाइयो। तर, त्यहाँ डोटीले जनताको अभिमतलाई बाइकट गर्ने अवस्था सिर्जना हुन खोज्दै छ। जनताले भनेर के हुन्छ? टिकट लिएर गएपछि भोलि पेलेरै अघि बढ्छु भन्ने रणनीतिमा गठबन्धनका केही नेता देखिएका छन्। स्थानीय तहको निर्वाचनमा सात पालिकामा कांग्रेस विजयी भएको छ। स्थानीय तहको निर्वाचनमा डोटीमा मित्रवत् प्रतिस्पर्धा भएन। गठबन्धनका दलले हाम्रा उम्मेदवारलाई पराजित गर्न विभिन्न हतकन्डा अपनाएका थिए। २०६४ साल यता यतिबेला स्थानीय तहमा एकदमै राम्रो परिणाम आएको छ। अहिले हामीले डोटीको संगठनलाई बलियो बनाएका छौं। जनतालाई पनि विकासका लागि नेपाली कांग्रेसको नै आवश्यकता रहेछ भन्ने परेको छ। यो भूगोल सुहाउने कांग्रेसको नीति मात्रै हो भन्ने कुरा जनताले बुझेका छन्। जनताको त्यो विश्वास र म्यान्डेटलाई हामीले लतार्नु हुँदैन। यसले भोलिको दिनमा समेत कांग्रेसलाई असर गर्छ।

स्थानीय तह निर्वाचनमा गठबन्धनको अपरिहार्यता भएन, अहिले तपाईंहरूलाई गठबन्धनको अपरिहार्यता किन महसुस भयो?

शीर्ष नेतृत्वले प्रेसर थेग्न नसके झैँ लाग्यो। गठबन्धनमा जुन पार्टीले जहाँ जितेको छ त्यही टिकट दिने भन्ने थियो। तर, हिजो कस्तो अवस्थामा जितेको थियो भन्ने धरातललाई हेर्न भुल्नु हुँदैन। डोटीको कुरा गर्दा एमालेबाट प्रेम आले जीले टिकट लिएर नेकपा माओवादीसँग गठबन्धन गर्नु भएको थियो। अहिले त एमालेसँग उहाँ अलग हुनु भएको छ। अर्कै नयाँ पार्टीमा जानु भएको छ। माओवादीको अवस्था पनि त्यहाँ कमजोर छ। त्यहाँ समाजवादी र माओवादीको मतले जित्ने अवस्था छैन। गठबन्धनको सामान्य नम्स जुनसुकै पार्टीले टिकट पाए पनि उम्मेदवार जितोस् भन्ने हो। तर, नजित्ने उम्मेदवारले मेरो गोह्रुको बाह्रै टक्का गरेर त केही हुँदैन। यसले हामीलाई विच्छिप्त बनाएको छ। हामी को सांसद बनौला नबनौला। म पनि संघका लागि आकांक्षी मान्छे हुँ। टिकट मैले पाउनु पर्छ भन्ने मात्रै होइन। टिकट कांग्रेसले पाउनुपर्‍यो भन्ने हो। डोटीमा गठबन्धनको नम्स फरक देखिँदैछ। कमजोर मान्छेलाई बलियो मान्छेले सघाउन पर्ने अवस्था देखि खोज्दै छ। विश्वका धेरै देशमा चुनाव तालमेल हुन्छ। त्यो भनेको आफू कमजोर भएको ठाउँमा बलियो मान्छेलाई सहयोग गर्ने र आफू बलियो भएको ठाउँमा आफूले सहयोग गरेको पार्टीलाई सहयोग गर भन्ने हो। तर, डोटीको हकमा त्यो फरक हुन खोज्दै छ।

त्यसो भए तपाईंहरूले नै टिकट पाउनु पर्ने आधार बुँदागत रूपमा भनिदिनु न?

सबैभन्दा पहिला डोटीमा कांग्रेसको जनमत रहेको प्रस्ट छ। स्थानीय तहको निर्वाचनले डोटीमा कांग्रेसको शक्तिलाई देखाइसकेको छ। दोस्रो कुरा नेपाली कांग्रेसले अत्यन्त माया गरेको जिल्ला हो डोटी। त्यो ठाउँमा विगतमा टेक्निकल कारणले हामीले चुनाव हार्‍यो होला। २०४८ साल यता कांग्रेसमाथि डोटेली जनताको ठूलो आशा र विश्वास रहेको पाइन्छ। हाम्रो पार्टीभित्र त्यस्तो ठूलो भिडन्त अरू केही पनि छैन। मैले उम्मेदवारको आकांक्षा राख्दा১ पनि उम्मेदवारका आकांक्षी बसेर एक वा दुई जनाको नाममा सहमति हुसक्छ कि भनेर प्रदेश सभापति बीरबहादुर बलायरलाई भनेको थिए। त्यसैले हामीमा आपसी सौहाद्रता पनि छ।

अब तपाईंको आकांक्षाका आधार के–के हुन्?

ममा जनताको सेवा गर्नुपर्छ भन्ने प्यासन छ। सबैभन्दा पहिले म आफैँ मोटिभेटेड मान्छे हुँ। मेरो जिल्ला भौगोलिक रूपमा निकै पछि छ। मेरा पुर्खा त्यही माटोमा जन्मिएका हुन्। अर्को कुरा अन्तर्राष्ट्रिय स्तरमा मैले जुन नेटवर्क बनाए त्यो निकै ठूलो छ। अमेरिका जस्तो देशमा बसेर नेपालको माधव अधिकार हैनन् भइरहेको बेला होस् वा अन्य बेला त्यहीबाट जनमत सिर्जना गरेर प्रजातन्त्र पुनर्बहालीका लागि भूमिका खेलेको थिए। त्यसैले मेरो अन्तर्राष्ट्रिय भूमिका छ। २५ वर्षसम्म अमेरिका बसेर मैले त्यो ठाउँको विकास देखेको छु। जनताको जीवनस्तर कसर उठाउन सकिन्छ भन्ने देखेको छु। त्यहाँको आर्थिक परिवेस् देखेको छु। केहिन केही भिजन त म भित्र छन् नि। त्यहाँको जस्तो विकासको मोडल डोटी जस्तो जिल्लामा पूर्ण लागू गर्न नसकौंला। तर, हामी एउटा बाटोमा त जान सक्छौं नि। मेरो अन्तर्राष्ट्रिय नेटवर्क छ। म नेटवर्कलाई प्रयोग गर्दै सुदूरपश्चिम र डोटीको विकासमा लगाउन सक्छु। नेपालकै नेताहरूले गरेका कमजोरीलाई पनि हामीले देखेका छौं। विगतका अरूले गरेका गल्तीबाट यसरी नहुँदो रहेछ भनेर मैले सिकेको छु। पहिलेका र अहिलेका मान्छेको सोच फरक छ। विकासको मोडल फरक छ। मान्छेका आवश्यकता परिवर्तन भइसकेका छन्।

तपाईंले यसरी भनिरहँदा अमेरिका बसेर डोटीका लागि हालसम्म के–के योगदान दिनु भयो?

त्यस्तो ठूलो योगदान त दिन सकेको छैन। तर, त्यो भूमिका लागि केही गर्नपर्छ भन्ने सोच सधैँ मनमा छ। सामाजिक काममा सहयोग गरेको छु। मान्छे बिरामी हुँदा सकेको आर्थिक सहयोग गरेको छु। २०७४ सालमा बडिकेदार र जोरायल गाउँ पालिकालाई एम्बुलेन्स प्रदान गरेको थिए। मैले डोटीका २५/२६ स्कुललाई आर्थिक सहयोग गरेको छु। मैले कोरोना कहरमा एक लाख ५० हजार कोरोना कोष निर्माणका लागि कांग्रेस डोटीका सभापति प्रदीप देउवालाई प्रदान गरेको थिए। आवश्यक पर्दा पुनः दिने बाचा गरेको थिए।

पार्टी सभापति शेरबहादुर देउवालाई पनि आफूहरूले सातै प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभाकारी भूमिका निर्वाह गर्न आग्रह गरेको थिए। मेरो संयोजकत्वमा कोरोना नियन्त्रणका लागि डेढ करोड पठाएर पार्टीमा पठाएको थियो। नेपालमा भूकम्प गएको दोस्रो दिन नै आएर विभिन्न प्रभावित क्षेत्रमा पुगेर ७१ लाख पार्टीलाई सहयोग गर्‍यौं। तपाईंमा हुरिवतास जाँदा होस् या दार्चुलामा बाढी पहिरो। हामीले सधैँ सहयोग गरेका छौं। सानेपामा पार्टीको भवन बनाउँदा पनि हामीले सहयोग गरेका थियौं। मैले पार्टीबाट अन्तर्राष्ट्रिय स्तरमा सबैलाई समेटेर लैजाने अवसर पाएको थिए। स्थानीय तहको चुनावमा पनि मलाई अन्तर्राष्ट्रिय प्रचारप्रसार समितिको संयोजक पार्टीले बनाएको थियो। त्यसैले मैले यो गरे भन्दा पनि मैले सकेको सहयोग गर्न कहिले पछि परेको छैन।

कोरोना महामारीमा घरबाट मान्छे बाहिर निस्किने अवस्था नरहेको बेला नियोर्कमा नेपाली समुदाय मात्र नभएर अन्तर्राष्ट्रिय समुदायलाई पनि कसरी सहयोग गर्न सकिन्छ भनेर मैले ज्यानको प्रभाव नगरेर घरलाई सेन्टर बनाएर सामग्री संकलन गरेको थिए। हातमा लगाउन ग्लब्स थिएन, मुखमा लगाउन माक्स थिएन। हातमा लगाउन स्यानिटाइजर थिएन।

त्यस्तो बेला न्युयोर्क भन्दा बाहिर रहेका साथीहरूलाई सम्पर्क गरेर कुरियर गरेर मेरो घरमा सामान बक्स आए। हामीले २०/२५ गाडीमार्फत भोलिएन्टियरको सहयोगमा सामान घर–घर पुगाउन लगायौं। त्यो काम गरेबापत न्युयोर्क सिटीको मेयरले सम्मान गर्नु भयो। सिटी काउन्सिलबाट सम्मानित भए। पछि अमेरिकी राष्ट्रपति जो वाइडेनबाट पनि गोल्ड अवार्डबाट सम्मानित भए। संक्रमणमा उत्कृष्ट काम गरेको भन्दै अमेरिकी सरकारले मलाई सम्मानित गरेको हो। त्यो भन्दा बाहेक विदेशी भूमिमा रहेर नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि उत्कृष्ट काम गरेको भन्दै युरोपियन युनियनले दुई पटक सम्मानित गरेको छ। विभिन्न संघ संस्थाबाट र अमेरिकी निकायबाट मैले २५ वर्षको दौरानमा धेरै ठूलो सम्मान र हौसला पाएको छु।

अवसर नै अवसर भएको ठाउँबाट अवसर नै नभएको ठाउँमा आउन खोजिरहेको छु। सबै अवसर खोज्न अमेरिका जान्छन्, म केही गरौं भनेर आफ्नो जन्मभूमि डोटी आउन खोजिरहेको छु। म सेवाको भागले आएको छु। त्यसैले मेरो भावना यही पवित्र छ।

प्रतिक्रिया दिनुहोस्