कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको पराजयको कारण खोज्दै भावी रणनीति बनाउन गएको शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्ष र नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद बढेको छ ।

बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारी पछिको पहिलो वरियता क्रममा राख्ने प्रस्ताव गरेपछि संस्थापन पक्षको आलोचना भएको हो । सोमबार यहि विषयबाट बैठकलाई अगाडि बढाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्