काँग्रेसका केन्द्रीय सदस्यहरुद्धारा महासमिति बैठकको माग

काठमाडौं । काँग्रेसका केन्द्रीय सदस्यहरुले पार्र्टी नेतृत्वको आलोचना गर्दै नयाँ योजना निर्माणका लागि महासमिति बैठकको माग गरेका छन् ।
शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले चुनावी हारको कारण विधि विधान विपरीत चल्ने नेतृत्व भएको भन्दै महासमिति बैठक डाक्न माग गरेका हुन ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई व्यवस्थीत गर्ने विषयमा भएका कमि कमजोरी, टिकट वितरणमा भएका कमि कमजोरी, संसदीय बोर्ड गठनको विषय लगायतमा छलफल भएको बताए ।
चुनावको पराजयको सन्दर्भमा गहन रुपमा समीक्षा गरी अव महासमितिको बैठकमा गएर सबै समस्या समाधान गरीने उनको भनाई छ ।
बैठकमा अधिकाँस सदस्यहरुले काँग्रेस विधिको शासनको वकालत गर्ने भएकोल विधानले तोकेको परीधिमा रहेर चल्नुपर्ने विषयमा कुरा उठाएका छन् ।
केन्द्रीय सदस्य कल्याण गुरुङ्गले विधान र केन्द्रीय कार्यसमितिको निर्णयको परीधिभित्र रहेर व्यक्तिहरु चल्नुपर्ने नीतिहरु तय गनुपर्ने बताए ।
राज्यको पुनरसंरचना अनुसार पार्टीका संगठनहरु निर्माण गर्नका निम्ति योजना बनाएर संगठनका संरचनाहरु चुस्त दुरुस्त बनाउने गरी निर्णय गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्