माओवादीले नेताको जिम्मेवारी हेरफेर गर्यो, कसलाई कहाँको जिम्मेवारी तोकियो त ?

काठमाडौं । एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यलयले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको हो ।
नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश –२ मा विश्वनाथ साह, प्रदेश –४ मा हितराज पाण्डे, प्रदेश –५ मा मणि थापा, र प्रदेश –६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।
प्रदेश –३ मा हितमान शाक्य र प्रदेश –७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।
प्रदेश –१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश –२ का मातृका यादव, प्रदेश –५ का वर्षामान पुन र प्रदेश –६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश –४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्