भारत भ्रमण अघि नै पार्टी एकता गर्ने : प्रधानमन्त्री  ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् ।प्रधानमन्त्री ओली चैत २३ मा भारत जाने तयारीमा छन् ।

यद्यपि भ्रमण मितिको औपचारिक घोषणा भएको छैन । २५ गतेसम्म हुने भ्रमण राजकीय हुनेछ ।स्रोतका अनुसार एमाले अध्यक्ष समेत रहेका ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् ।

यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए ।एमाले र माओवादीले साझा घोषणापत्र र उम्मेदवार बनाएर प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लडेका थिए ।

प्रमुख पदहरुमा भागवण्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्