मिनेन्द्र रिजाल मोरङबाट लड्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको क्षेत्रबाट यसपालि कांग्रेस नेता मिनेन्द्र रिजाल उठ्ने भएका छन्।

गिरिजा २०४८, २०५१ र २०५६ मा मोरङ क्षेत्र नम्बर १ र सुनसरी– ५ बाट चुनाव लडेका थिए। ती दुबै क्षेत्रमा उनी तीनै पटक विजयी भएका थिए।

रिजाल प्रतिनिधि सभा सदस्यका लागि मोरङ २ र ४ बाट प्रत्यक्षतर्फ सिफारिस भएका छन्।

मोरङ कांग्रेसका नेताहरुले भने रिजाल नै क्षेत्र नम्बर २ बाट लड्ने पक्कापक्की भएको बताएका छन्।

यसपालि सो क्षेत्रबाट गिरिजाप्रसादकी पुत्री सुजाता कोइराला चुनाव लड्ने चर्चा भए पनि सुजाताले पनि रिजाललाई समर्थन दिइसकेकाले उहाँ नै २ नम्बरबाट लड्ने स्रोतले जनाएको छ ।

रिजाल यसअघि २०६४ र २०७० सालमा समानुपातिक तर्फबाट संविधान सभा सदस्य चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्