यही महिना भारत भ्रमण जाने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।

चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारत भ्रमणको तयारी भइरहेको पुष्टि गर्दै प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले मिति तय भइसकेको छैन । दुई देशको सहमतिमा छिट्टै घोषणा हुन्छ ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए ।

त्यसअघि ओली र मोदीबीच दुई पटक टेलिफोन वार्ता समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्