नेपाली काँग्रेसद्वारा बन्दसूची बनाउन शुरु

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ ।

पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको छ ।

समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको र जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको छ ।

समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने र भोली फेरी बैठक बस्नेछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गरेका हुन।

प्रतिक्रिया दिनुहोस्