सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीओलीले यस्तो भने पछि………….

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सातओटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दीगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छुट छैन, विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन’–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले सन्चारकर्मीलाई जानकारी दिए ।

प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत् समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले भने–‘गरिबी निवारणमा सबै लाग्नुपर्छ । अब तराईमा कठ्याङिग्रएर कसैले मर्नुपर्दैन । प्रदेश सरकारका लागि के कुरा आवश्यक पर्छ, त्यो स्पस्ट धारणा राख्नोस् ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने र सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्