तीन नम्बर प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताएका छन। प्रेस सेन्टर मकवानपुरले बुधबार बिहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र सार्ने कुरा नरहेको बताए।

प्रदेशको राजधानी सर्छ भनेर प्रचारबाजी गर्नु गलत कुरा रहेको बताउँदे अध्यक्ष प्रचण्डलेभने , ‘यसको औपचारिक निर्णय भने तीन नम्बर प्रदेश सभाले गर्नेछ । प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त रहेको छ ।’ नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको कुरा सहज ढंगले अगाडि बढेको उनले बताए ।

अहिले सरकारका काममा नागरिकले परिणाम खोजेको बताउँदे अध्यक्ष प्रचण्डले भने, ‘नागरिकले काम एक्सनमा हेर्न चाहेका छन् । अहिले नागरिकको विश्वासबाट नै हामीहरु यहाँसम्म आइपुगेकाले जन विश्वासका आधारमा पनि काम गरेर देखाउने बेला आएको छ ।

प्रतिक्रिया दिनुहोस्