फोरम अध्यक्ष यादव मोरङ क्षेत्र नं. ५ बाट सिफारिस

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि मोरङको क्षेत्र नं –५ बाट सिफारिस गरिएको छ ।

सो क्षेत्रबाट अध्यक्ष यादवको एक मात्र नाम सिफारिस गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पठाएको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष यादव विराटनगर–१४ को स्थायी बासिन्दा हुन् । यस्तै सिरहा जिल्लाको क्षेत्र नं–१ बाट पनि यादवको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्