सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले राजधानीमा बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा झिकाएका छन् ।
प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथा न्यायाधिवक्तालाई छलफलका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन सोमबार पत्राचार गरिएको जानकारी दिएको छ । प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले आवश्यकताअनुसार सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई बोलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्