प्रदेश ५ मा आज मन्त्रीमण्डल बिस्तार हुने

काठमाडौं । प्रदेश ५ मा आज मन्त्रीमण्डल बिस्तार हुने भएको छ । सरकार गठन भएको १ महिनापछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीमण्डल बिस्तार गर्न लागेका हुन्।

आज उनले मन्त्रीमण्डललमा ३ जना सदस्य थप्ने तयारी गरेका छन् । एमालेबाट २ र माओवादी केन्द्रबाट एक मन्त्री थपिनेछन् । स्रोतका अनुसार एमालेबाट बाँकेकी प्रत्यक्ष तर्फकी सदस्य आरती पौडेल र रुपन्देहीका लीला गिरी तथा माओवादी केन्द्रबाट गुल्मीका सुदर्शन बराल मन्त्री बन्दै छन् ।

यस बिषयमा दलीय सहमती जुटिसकेको एमाले सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

उनीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन । यसअघि मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुनमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी रभौतिक पूर्वाधार विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्