कांग्रेसमा गुट हेरफेर !

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि फेरि गुट अदलबदलमा सक्रिय छन्। आन्तरिक गुटबन्दीकै कारण कांग्रेस निर्वाचनमा पराजित भएको नेताहरूले स्वीकारे पनि व्यवहार भने त्यसको उल्टो देखिन्छ।

पार्टीभित्र एक नेताले अर्कोलाई निरीह र आफूलाई शक्तिशाली देखाउन गुट÷समूह बनाउने र भत्काउने खेल कांग्रेसमा पुरानै हो। निर्वाचनमा पराजयपछि पार्टीमा यो खेलले अलि बढ्तै ठाउँ पाएको देखिन्छ।

नेताहरूले गुट अदलबदल गर्दा शेरबहादुर देउवा र रामचन्द्र पौडेल कित्तामा मात्र होइन १३औं महाधिवेशनसँगै अस्तित्वमा आएको कृष्णप्रसाद सिटौला समूहमासमेत हलचल आएको छ।

महाधिवेशन भएको दुई वर्षमा सभापति शेरबहादुर देउवा गुटबाट अर्जुननरसिंह केसी, कुलबहादुर गुरुङ र चन्द्र भण्डारी अलग्गिएका छन्। केसी १३औं महाधिवेशनमा देउवा गुटबाट महामन्त्रीका उम्मेदवार थिए।

भण्डारी पनि देउवा गुटबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए। यसैगरी पौडेल र सिटौला समूह पनि एकपछि अर्को गर्दै कमजोर बन्न पुगेका छन्। अन्य गुट र समूह कमजोर बन्दै जाँदा देउवाले नेतृत्व गरेको गुट बलियो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्