राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी दाहाल निर्वाचित

काठमाडौं– राष्ट्रियसभाको उपाध्यक्षमा शशिकला दहाल निर्वाचित भएकी छन्।

कांग्रेसकी विन्दादेवी आले रानालाई पराजित गर्दै वाम गठबन्धनकी उम्मेदवार दहाल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले मत विभाजनबाट दाहाल निर्वाचित भएको घोषणा गरेका थिए। खसेको कुल मत ५६ मतमध्ये दहाल ४५ मतसहित निर्वाचित भइन् भने आलेले ११ मत प्राप्त गरिन्।

दहाल माओवादी केन्द्रको उम्मेदवारको रुपमा प्रदेश नम्बर २ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्