कांग्रेसमा बल्झिँदै पदाधिकारी विवाद
काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी संख्या बढाउने विषयलाई लिएर सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद सुरु भएको छ।
पार्टीको महाधिवेशन भएको दुई वर्ष बित्दासमेत पदाधिकारीसहित केन्द्रीय समितिले पूर्णता पाउन नसकेको कांग्रेसमा पदाधिकारीको संख्या थप गर्ने विषयमा नेताहरू पक्ष र विपक्षमा विभाजित भएका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
सभापति देउवा पार्टीलाई नयाँ संविधानअनुसार संघीय संरचनामा लैजान महासमिति बैठकमार्फत विधान संशोधन गरेर पदाधिकारी बढाउने पक्षमा छन्। तर, नेता पौडेल संविधानअनुसार पार्टीलाई संघीय संरचनामा लैजान तयार देखिए पनि पदाधिकारी थप्न राजी छैनन्।
नेतृत्व विकास र हस्तान्तरणभन्दा गुटगत स्वार्थका आधारमा विधान संशोधन गरेर पदाधिकारी बढाउने खेल हुँदा कांग्रेसमा यो विषय पटक–पटक बल्झिँदै आएको छ।















प्रतिक्रिया दिनुहोस्