भक्तपुरमा नेकपा माओवादी केन्द्रले सिफारिस गर्यो उम्मेदवारका आकांक्षीको नाम

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पार्टीका जिल्ला संयोजक डिपी ढकाल र सहइञ्चार्ज सुरेश न्यौपानेको नाम सिफारिस भएको छ ।
त्यसैगरी, प्रदेशतर्फ क्षेत्र नं १ को प्रदेश क्षेत्र नं १ मा प्रत्यक्षतर्फ मिलन सुवाल, सुनिल वासु गोठे, साजन सिजापति र तुलसीभक्त सुवालको नाम सिफारिस भएको छ । प्रदेश क्षेत्र नं २ मा दिलीपकुमार प्रजापति, कृष्णलाल गोजाश्रेष्ठ र बालकृष्ण दुगुको नाम सिफारिस भएको छ ।

यता निर्वाचन क्षेत्र नं २ को प्रदेश क्षेत्र नं १ मा राजेन्द्र कार्की, सानुकान्छा आलेमगर, दीपक न्यौपाने र प्रदेश क्षेत्र नं २ मा सुदर्शन पराजुली, रामशरण दाहाल, शंकर पोखरेल र कान्छा तामाङको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ भने देवेन्द्र श्रेष्ठ, उर्मिला श्रेष्ठ, ओमचरण अमात्य, उमा कपाली, भावना श्रेष्ठ, कृष्णहरि सैंजू, विरु तामाङ सुदीप, राजकुमार हेङमाङ, बबिता प्रजापति, सरिता सुवाल, सुचित्रा श्रेष्ठ, शान्तराम भट्टराई, दिलकृष्ण श्रेष्ठ, सानुकान्छा आलेमगर र अञ्जु न्यौपानेलगायतको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्