राष्ट्रियसभा उपाध्यक्षमा शशिकला र वृन्दाको उम्मेदवारी

काठमाण्डाैं।  राष्ट्रियसभाको उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाट शशिकला दाहाल र कांग्रेसबाट वृन्दादेवी आलेको उम्मेदवारी परेको हो । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन भोलि हुने भएको छ ।

प्रदेश नम्बर २ बाट दाहाल राष्ट्रियसभाकी सांसद हुनु भएको हो । सोही अनुसार दाहाललाई उपाध्यक्षमा माओवादी केन्द्रले सिफारिस गरेको हो ।

वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभा उपाध्यक्ष पद माओवादी केन्द्रको भागमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्