कसरी भएको थियो एनसीसी बैंकमा डेढ अर्ब बढीको घोटाला ?
काठमाडौं । कर्जा दुरुपयोग गरी झण्डै डेढ अर्ब घोटाला गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एनसीसी बैंकका भन्दा बढी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ गरेका व्यक्ति र उनीहरुको पद भने सिआइबीले खुलाएको छैन ।
सिआइबीले राष्ट्र बैंकको उजुरीको आधारमा एनसीसीका कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
एनसीसीले एपेक्ससहितका ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको थियो । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका हुन् ।
मर्जर भएपनि एपेक्सको कारोबार शंकास्पद देखिएपछि अलग्गै हिसाब किताब राख्न अदालतले आदेश दिएको थियो ।
राष्ट्र बैंकको स्थलगत अध्ययन र अनुसन्धानबाट पनि सो बैंकको डेढ अर्ब बढी रकम कर्जा दुरुपयोग भएको खुलेको थियो । उक्त कर्जा उठ्न नसक्ने अवस्था देखिएपछि राष्ट्र बैंकले एनसिसीलाई ऋणको नोक्शानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो।
एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीहरुले नक्कली पूर्जाको आधारमा कर्जा परिचालन गरेर बैंकमा घोटाला गरेको देखिएको छ । खोला र बगरको जग्गा समेत धितो राखेर ऋणी समेत नक्कली श्रृजना गरेर एपेक्सले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।
उक्त रकममध्ये १अर्ब ५६ करोड रुपैयाँ ऋण दूरुपयोग गरेको आरोपमा एनसिसी बैंकसँग मर्ज हुनुअघिको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध करिब २० जनामाथि अनुसन्धान गरि कारवाही गर्न राष्ट्र बैंकले सिफारिस गरेको थियो त्यसै आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका १३ जनालाई पक्राउ गरिसकेको छ।
मर्जर सम्झौता गर्दा एक करोडमाथिको कर्जा प्रवाह गर्दा मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति भएपनि सो विपिरत एपेक्सले कर्जा लगानी गरेको थियो ।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्