उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै, तुम्बाहाम्फे र भुषालबीच प्रतिस्पर्धा

काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ ।उपसभामुखमा दुई जनाको उम्मेदवारी परेपछि आज निर्वाचन गर्न लागिएको हो ।

वामगठबन्धनका तर्फबाट नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी पुष्पा भूसालबीच प्रतिस्पर्धा हुँदैछ । दुवै जनाले बिहीबार उम्मेदवारी दर्ता गराएका थिए ।

वामगठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी तुम्बाहाम्फेको प्रस्तावक माओवादी केन्द्रका सांसद देव गुरुङ र समर्थकमा एमालेका सांसद रविन्द्र अधिकारी छन् ।

यस्तै, कांग्रेसको तर्फवाट उम्मेद्वार बनेकी भुषालको प्रस्तावकमा कांग्रेसकी सांसद डिला संग्रौला र समर्थकमा कांग्रेसकै सांसद देवेन्द्रराज कँडेल छन् ।

उपसभामुखका दुवै उम्मेद्वार समानुपातिक सांसद हुन् । दुई जनाको उम्मेद्वारी परे पनि वामगठबन्धका तर्फबाट उम्मेद्वार बनेकी तुम्बाहम्फेको पक्षमा प्रष्ट बहुमत भएकाले उनी निर्वाचित हुने लगभग निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्