विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व औलो दिवस मनाइयो

काठमाडौं, बैशाख ११ । विश्व औलो दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी आज नेपालमा पनि मनाएको छ ।

विगतका वर्ष जस्तै यस वर्ष पनि औलोको भार कम गर्न नयाँपनमा जोड दिऔं र जीवन बचाऔं भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा काठमाडौंमा कार्यक्रमको आयोजना गरी सरकारले सन् २०२५ भित्र नेपाललाई औंलोमुक्त राष्ट्र बनाउने प्रतिबद्धता जनाएको छ ।

यसैकार्यक्रमकाबीच स्वास्थ्य विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले औलो नियन्त्रणका लागि विगतका कुरालाई औंल्याउदै सबैमा सचेतना जगाउनु पर्ने , सरसफाइमा ध्यानदिनुपर्ने बताएका छन् ।

त्यसका लागि उच्च जोखिम मध्यम र साधारण स्थानको क्षेत्रगत अध्ययन गरि नियन्त्रणका अवधाण अपनाउनु पर्ने उनले  बताए ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २००८ मा अप्रिल २५ लाई विश्व औलो दिवस घोषणा गरेको थियो ।

सोही दिनको स्मरणमा नेपालले पनि विश्व औलो दिवस मनाउने गरेको स्वास्थ्य सेवा विभाग, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । औलो नेपालको प्राथमिकता एकमा पर्ने जनस्वास्थ्य समस्या हो ।
भित्रि मधेश तथा पहाडि उपत्यकाहरुमा औलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्नु पर्नेमा जोड दिएको छ । साथै हाल औलो निवारण तर्फ गइरहेको पनि  ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यमनलाल दासले बताए । हाल नेपालमा वर्षेनी पाँच सय भन्दा कम प्रयोगशालाबाट प्रमाणीत औलो बिरामी निदान हुने गरेको उनको भनाइ रहेको छ।

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाच वर्षमुनिका बालबालिका धेरै छन् ।

यो रोग संक्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाच वर्ष मुनीका बालबालिका रहने गरेका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामाको सर्वोत्तम उपाय मानिन्छ ।

परिकल्पना

१) नेपालमा सन् २०२५ सम्म औलो निवारण गर्ने ।
ध्येय

२ंं) औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिविद्धि, औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्कम कार्य गर्ने ।

लक्ष्य
२०२२ सम्म स्थानीय औलोलाई शून्यमा पुर्याउने र त्यसलाई कायम गर्ने
उदेश्य

संघिय संरचना अनुसार सबै स्वास्थ्य संस्थामा गुणस्तरीय जाँच ,उपचारको न्यायोचित पहुँच तथा रोकथामका उपायहरु अवलम्बन गरी औलो निवारण गर्ने
रणनीतिहरु
-औलो विराकीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सुचना प्रणाली सुदुढिकरण गर्ने
-औलो जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरि औलो सर्ने दरलाई घटाउने
-औलोको गुणस्तरीय निदान तथा उपचारमा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने
-औलो निवारणका लागि सरकारको नेतृत्वदायी भुमीका तथा प्रतिबद्धता र -समुदायको सहभागीता सुनिश्चित गर्ने
-औलो निवारणका लागि प्राविधिक तथा व्यवस्थापकीय सुदृढ गर्ने

 

प्रतिक्रिया दिनुहोस्