सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीसँग सामुहिक भेट गर्दै, कार्यसुचि यस्तो छ

काठमाडौं । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सामुहिक भेट गर्दैछन् । प्रधानमन्त्री ओलीलाई भेट्न सातै प्रदेशका मुख्यमन्त्रीहरु बिहान साढे ११ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास जान लागेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा मुख्यमन्त्रीहरुले प्रदेश सरकार संचालनमा देखिएका समस्या, कर्मचारी ब्यबस्थापन,संघ र प्रदेशका क्षेत्राधिकारमा देखिएको बिवाद लगायतका बिषयमा छलफल गर्ने बताएका छन् ।

छलफलमा कार्य क्षेत्र नजाने कर्मचारीको व्यवस्थापनमा देखा परेका चुनौतीका बिषय मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने जनाएका छन् ।

त्यस्तै आ–आफ्नो प्रदेशको विकासका लागि मुख्यमन्त्रीहरुले बनाएका योजनाको खाका लगायतका बिषयमा पनि छलफल हुने बताइएको छ । मुख्यमन्त्री नियुक्त भएपछि सातवटै प्रदेशका मुख्य मन्त्रीहरुले प्रधनमन्त्रीसँग गर्न लागेको यो पहिलो सामुहिक भेट हो ।

 

प्रतिक्रिया दिनुहोस्