तत्काल उम्मेदवार घोषणा नगर्न कांग्रेसको निर्देशन

काठमाडौं, चैत २३ । कांग्रेसले आफ्नोतर्फबाट तत्काल उम्मेदवार बन्ने नाम घोषणा नगर्न निर्देशन दिएको छ। कांग्रेसले सत्तारुढ दलहरूसँग गठबन्धनको मोडालिटीबारे छलफल भइरहेको अवस्थामा नाम घोषणा नगर्न निर्देशन गरेको हो।

कांग्रेसका कतिपय स्थानीय तहमा कांग्रेसका तर्फबाट उम्मेदवार टुंगो लागेको भन्दै घोषणा हुन थालेपछि कांग्रेसले यस्तो निर्देशन दिएको हो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले अहिले नै उम्मेदवार नतोक्न भनिएको जानकारी दिए। समय भएपछि कांग्रेसको विधानअनुसार जुनजुन सांगठनिक संरचनाले जुन–जुन तहको सिफारिस गर्नुपर्ने हो त्यो गर्नेछन्,’ उनले भने, ‘अहिले नै उम्मेदवार नतोक्न भनिएको हो।’

त्यस्तै मुख्य सचिव पौडेलले विभिन्न तहमा कांग्रेसको नेतृत्वमा बनेका गठबन्धन संयन्त्र गठबन्धन दलको अवस्थाबारे रिपोर्टिङ गरिरहेको जानकारी दिए। ‘२२ गतेभित्र रिपोर्ट पठाउन भनिएको हो, सबै रिपोर्ट आइसकेका छैनन्, आउने क्रममा छन्,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्