नेपाली काँग्रेस सुनसरीले दुई जनालाई काँग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली काँग्रेस सुनसरीले दुई जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीका महासमिति सदस्य इन्द्र पोखरेल र महाधिवेशन प्रतिनिधि विश्वनाथ ठाकुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको स्रोतले जानकारी दियो ।

पोखरेल र ठाकुरले पार्टीको आचरण, मान, मर्यादा, प्रतिष्ठा र हित विपरीत काम गरेका कारण पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएकोे जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्