माओवादी केन्द्रका महरा सभामुखमा निर्विरोध भएको घोषणा आज

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई आज सर्वसम्मत चयन गरिने भएको छ ।

आज बस्ने व्यवस्थापिका संसदको बैठकले महरालाई सभामुखमा सर्वसम्मत चयन गर्नेछ । निर्विरोध भएपनि उहाँको औपचारिक घोषणा भने आज संसदबाट हुनेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएपछि महरालाई सभामुखमा निर्विरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्