एमालेमा सुरु भयो आन्तरिक किचलो, सहमति हुन कठिन

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिएसंगै एमाले भित्र आन्तरिक किचलो सुरु भएको छ । कम्युनिष्ट गठबन्धनमा एमालेको भागमा राष्ट्रीयसभा अध्यक्ष परेपछि उम्मेदवार छान्न आन्तरिक बैठकले निरन्तरता पाएको छ । सभाको अध्यक्षकालागि आकाक्षीबढेसंगै किचलो सुरुभएको हो ।

राष्ट्रिय सभा अध्यक्षको नाम टुङगो लगाउन एमाले नेताहरु आन्तरिक छलफलमा जुटेपनि सहमति हुन सकिरहेको नेताहरुले बताएका छन् । अध्यक्षको आकाँक्षीमा एमाले नेता परसुराम मेघी गुरुङ र गणेश तिमिल्सीना मुख्य दावेदारका रुपमा उभिनुभएको छ । आकाँक्षीद्वय अध्यक्ष बन्न पार्टी अध्यक्ष देखि एमाले शीर्ष नेताहरुसंगको आन्तरिक छलफलमा दिनहुँ व्यस्त हुदा नेताहरुमा नै अन्यौता थपिदै गएको छ ।

एमाले नेता तथा सचिव योगेश भट्टराईले आन्तरिक छलफल जारी रहेकाले आज वा भोलीमा उम्मेदवारको टुङगो लगाइसक्ने बताउनुभयो । सहमतिमा राष्ट्रीयसभा अध्यक्ष चयन गर्ने भन्दै एमाले आन्तरिक छलफलमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्