प्रधानमन्त्री ओलीलाई मोहन बैद्य मोर्चाकोे ९४ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाली क्रान्तिका नेता मोहन बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरेल सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल भारतबीचको १९५० को सन्धी खारेजीदेखि कालोबजारी तथा महंगी नियन्त्रण लगायतका माग राखिएको छ । साथै जनयुद्धकालिन मुद्धाहरुलाई ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बाट समाधान गर्ने सहमति कार्यान्वयन गर्न र जेलमा रहेका बालकृष्ण ढुङ्गेल लगायतको मुद्दा फिर्ता गरी रिहा गर्न माग गरिएको छ ।

मोर्चाले आफ्ना मागहरुलाई पुरा गर्ने प्रक्रिया अघि नबढाए संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले केही वर्षपछि यस्ता विज्ञप्ति लिएर हिँड्नु पर्ने दिन नआउने बताए । देशभक्त जनगणतान्त्रिक मोर्चाको टिमलाई लक्षित गर्दै प्रधानमन्त्रीओलीले भने, ‘केही वर्षपछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् । ’ उनले मुलुक सम्वृेद्धिको बाटोमा रहेकाले सबै एक जुट भई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्