तोकिएको समयमा काम पूरा नगर्नेलाई काडा कारवाही गरिन्छ: प्रधानमन्त्री ओली, विर अस्पतालको सर्जिकल भवनको शिलन्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक सम्वृद्धिको खाँचो भएको बताउँदै सबैलाई विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायलाइ कडा कारबाही हुने चेतावनी समेत दिएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सर्जिकल भवनको शुक्रबार शिलान्याश गर्दै उनले राजनीतिक स्थायित्व पाईसकेको र अव विकासको खाँचो रहेकाले सबै कम्पनीले तोम्तोकिएकै सयमसिमाभित्र गुणस्तरीय काम गर्न निर्देशन आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आफू सर्जिकल भवनको शिलान्याश गर्न आएको पनि स्पष्ट पारे । उनले ‘अवको नेपाल गतिशील नेपाल’ भन्दै त्यसमा आलटाल गर्ने छुट कसैलाई नहुने समेत सचेत गराए ।

प्रधानमन्त्री ओलीले देश बनाउन आफूले कडाभन्दा कडा कदम चाल्ने घोषणा गरे । उनले सरकारले सबै निकायले काम गरे, नगरेको कडा निगरानी राख्ने पनि बताए ।  सरकारले काम गर्नेलाई मात्रै सम्मान गर्ने नीति लिने भन्दै प्रधानमन्त्री ओलीउनले आफू भ्रष्टाचार नगर्ने र कसैले गरे सैह्य नहुने चेतावनी पनि दिए । प्रधानमन्त्री ओलीले मुलुकको स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

बिर अस्पतालको सर्जिकल भवनको शिलान्यस

विर अस्पतालको सर्जिकल भवनको शिलन्याश कुल लागत २ अर्व २६ करोड रुपैयाँ लागतमा दुई वर्ष भित्रमा निर्माण सम्पन्न गरिने लागेको छ ।

६५० बेड सहितको उक्त भवन सात तल्लाको हुनेछ, जसमा सबै किसिमका सर्जिकल कामहरु हुनेछ । भवन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारको लगानीमा रहने छ । वीर अस्पताल अगाडि रहेको क्वार्टर र नर्सिङ भवन भूकम्पले क्षतिग्रस्त भएपछि त्यहाँ सर्जिकल भवन बनाउन लागिएको अस्पतालले जनाएको छ ।

कार्यक्रममा अस्पतालका उप कुलपति गणेश बहादुर गुरु उप कुलपति गणेश बहादुर गुरुङ्ग र निर्देशक डा. भुपेन्द्र बस्नेत लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्