तीन मन्त्रीसहित एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरे

काठमाडौं । वर्तमान सरकारमा रहेका ५६ जना मन्त्रीमण्डल मध्ये तीन मन्त्री सहित एक राज्यमन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका हुन् ।

सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्ट रहेका छन् ।
अन्य मन्त्रीहरुले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सार्वजनिक पद ग्रहण गर्ने सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्