महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीको निर्णय

काठमाडौं । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी केन्द्रको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको हो ।

एमालेले राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेको थियो । त्यसका लागि शुक्रबार विहानसम्म लबिङ गरेको थियो ।

 

तर, माओवादीले केन्द्रले एमालेको प्रस्तावलाई अस्विकार गर्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्