तरुण जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आज सकिदै,योजना र रणनीति यस्ता छन्

काठमाडौं । नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला विभिन्न निर्णय गर्दै आज सकिदैछ । भक्तपुरको नगरकोटमा हिजोदेखि जारी भेला भावी योजना र रणनीति तयार गर्दै आज सकिने भएको हो ।

७५ जिल्लाकै अध्यक्षहरू सहभागी भेला तथा प्रशिक्षणमा तरुण दलको भूमिकाबारे समीक्षा भएको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए । उनका अनुसार मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको अवस्थामा अब कसरी अगाढी बढ्ने भन्ने विषयमा पनि भेलामा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्