सरकारमा जान राजपाले राख्यो संविधान संशोधनसहितका यस्ता सर्त

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन्।

प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री र उपराष्ट्रिपति वा तीन मन्त्री मागेका हुन्। यो खबर आजको अन्नपूर्णमा छ ।

प्रधानमन्त्रीले राजपाका सांसद रेशम चौधरीलाई संसदमा सहभागी हुने वातावरण मिलाउने आश्वासन दिएको बताइएको छ। संघीय समाजवादी फोरमलाई सत्तामा ल्याउन दुई बुँदै सहमति गर्न लागेका ओलीले राजपालाई समेत समेट्ने प्रयास तीव्र पारेका हुन्।

राजपाले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइसकेको छ। अध्यक्ष मण्डलको बुधबारको बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै मतदान गर्ने निर्णय गरेको महामन्त्री केशव झाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्