एमालेद्वारा ललितपुरमा उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमालेले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गरेको छ ।

जिल्ला कमिटीको बैठकले संघका लागि निर्वाचन क्षेत्र नं १ मा हालै पार्टी प्रवेश गरेका पूर्व डिआइजी नवराज सिलवाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ ।

सो क्षेत्रमा मधुसुदन पौडेल, पुरुषोत्तम हुमागाईं र श्याममायाँ कार्कीको पनि नाम सिफारिस गरिएको छ । यस्तै क्षेत्र नं २ मा कृष्णलाल महर्जनको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा प्रमेश हमाल, रघुजी पन्त र सुशीला नेपालको नाम सिफारिस भएको छ ।
प्रदेशतर्फ १ नं को क निर्वाचन क्षेत्रमा उमेश शर्मा बजगाईं, पुरुषोत्तम हुमागार्इं र कमलकुमारी श्रेष्ठको तथा ख मा चेतनाथ सञ्जेल, रामकृष्ण हुमागार्इं र गोमा घिमिरेको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं २ को ‘क’ मा माधव पौडेल र ‘ख’ को लागि अष्टवीर व्यञ्जनकार, श्यामगोपाल महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ ‘क’ को लागि देवकी श्रेष्ठ, रघुनाथ महर्जन र राजेन्द्र श्रेष्ठ तथा ‘ख’ को लागि कल्पना अधिकारी, जीवन खड्का, दामोदर खड्का, राजेन्द्र थापामगर, स्वयम्भुराज डंगोल, सुकुमायाँ लामा, हरिकृष्ण थापा सिफारिस गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्