राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिमा उम्मेद्वारी दिने नदिने भन्नेबारेमा निर्णय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

वाम गठबन्धनले राष्ट्रपतिको उम्मेद्वार टुंगो लगाएसँगै कांग्रेसले पनि सो बारेमा निर्णय गर्न लागेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा विहान ९ बजे बस्ने बैठकले राष्ट्रपतिमा उम्मेद्वारी दिने नदिने भन्ने बारेमा निर्णय गर्ने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गरे मीन विश्वकर्मा राष्ट्रपतिको उम्मेद्वार बन्ने संभावना रहेको छ । साथै बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्