एकीकृत पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने, केन्द्र र प्रदेशमा आयोग

काठमाडौं । एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा ३ वटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ । यो खबर आजको राजधानीमा छ   ।

दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ ।

एमाले र माओवादी केन्द्रले एकताको विषय टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ सदस्यीय केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र २३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ ।

प्रतिक्रिया दिनुहोस्