काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आह्वान, राष्ट्रपतिको उम्मेदवार तय गर्ने

काठमाण्डौं । राष्ट्रपतिको उम्मेदवार तय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

कांग्रेसले बुधबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले राष्ट्रपतिमा निवर्तमान केन्द्रीय सदस्य कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ। राष्ट्रपतिको उम्मेदवारी दर्ता बुधबार हुँदैछ।

प्रतिक्रिया दिनुहोस्