सरकारमा सहभागी हुने फोरमको निर्णय

काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

फोरम पदाधिकारीहरुको मंगलबार विहान बसेको बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

नेताहरुका अनुसार आजै वाम गठबन्धन र फोरमबीच सहमति गर्ने तयारी छ । एमाले र माओवादीले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

तर, मन्त्रालय भागवण्डा नमिलेका कारण सहमतिले अन्तिम रुप पाउन सकेको थिएन । वाम गठबन्धनले दुई मन्त्री र एक राज्यमन्त्री प्रस्ताव गरेको छ भने फोरमले उपप्रधानसहित तीन मन्त्री र उपसभामुखमा दाबी गरेको छ ।

यादव फागुन १४ गते नै सरकारमा सहभागी हुन सहमत भएका थिए। त्यो दिन उनी साथीहरुसँग छलफल गरेर आउँछु भन्दै बालुवाटारबाट निस्केका थिए।

यादव सरकारमा जान सहमत भएको ८ दिनपछि पार्टीले औपचारिक निर्णय गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्