राप्रपा केन्द्रीय समितिको बैठक आज :यस्तो छ कार्यसूची

काठमाडौं   । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पदान समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ बजे बस्ने छ ।

पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्ने लगायत विषयमा छलफल गर्नका लागि समितिको बैठक बोलाएको हो । बैठकले मुलुकमा पछिल्लोपटक विकसित भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पूर्वपञ्च परिवेशका दलसँग एकताबद्ध भई बलियो संगठन निर्माणका लागि आवश्यक वातावरण तयार गर्नेछ ।

साथै बैठकले वीरगञ्जमा गर्न लागिएको केन्द्रीय परिषद् भेलाको समेत तिथि निर्धारण गर्ने प्रवक्ता भुवन पाठकले जानकारी दि।। महाधिवेशनपछिको ठूलो भेलाका रुपमा परिषद्लाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्