राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राप्रपाले सरकारमा सहभागिता हुने विषयमा आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका शीर्ष नेतृत्वको गएराति नेपाली काँग्रेसका नेताहरुसँग सरकारमा सहभागिताका लागि भएको सहमतिपछि सोमबार ११ बजे आकस्मिक बैठक बोलाइएको स्रोतले जानकारी दियो ।

बैठकले मुलुकमा पछिल्लोपटकको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने स्रोतले जानकारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत अब पार्टीले सहभागिता जनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्